Logo

राष्ट्रपति भण्डारीसमक्ष आयोगको प्रतिवेदन पेश



काठमाडौँ, २९ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् ।-रासस



प्रतिक्रिया दिनुहोस्