Logo

नेप्सेमा आज हरियाली, महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार



काठमाडौं, २९ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज हरियाली छाएको छ । सोमबार नेप्से २६ दशमलव ४४ अंकले बढेर २७ सय १५ दशमलव ३५ विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव १० अंकले बढेर ५०६ दशमलव ५४ विन्दुमा थामिएको हो ।

आज २२८ कम्पनीको ५९ हजार ३१६ पटक शेयर कारोबार भएर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ बराबरको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको आज ३५ करोड ४६ लाख बढीको कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्