Logo

टेनिस स्टार पेङमाथिको दुर्व्यवहारको अनुसन्धान गर्न चीनमाथि दबाब



एजेन्सी, २९ कात्तिक । चिनियाँ टेनिस स्टार पेङ सुवाईले आफूमाथि पूर्वउपप्रधानमन्त्री चाङ गाओली यौन दुर्व्यवहार गरेको खुलासा गरेपछि द वुमन्स टेनिस एशोशिएसनले चासो देखाएको छ । एशोशिएसनले यसको निष्पक्ष र पारदर्शी ढंगले छानविन गर्न आग्रह गर्दै सोमबार विज्ञप्ति जारी गरेको छ ।

पेङमाथि लगाइएको सेन्सनशिप अन्त गर्न समेत भनिएको छ । उनको सामाजिक सञ्जालको एकाउन्टमा सेन्सर लगाइएको छ ।

पेङले चिनियाँ राष्ट्रपति सी चिनफिङनिकट पूर्वउपप्रधानमन्त्री चाङले आफूलाई यौन र्दुव्यवहार गरेको सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । उक्त पोष्ट भाइरल भएपछि सामाजिक सञ्जाल वेबोमा एकाउन्टमा सेन्सरशिप लगाइएको थियो । पोष्ट आधा घन्टाभित्रै मेटाइएको थियो ।

पेङले गाओलीसँग विगतमा यौन सम्बन्ध रहेको र पछि सम्पर्कविहिन बनेको समेत खुलाएकी छिन् । फेरि सम्पर्कमा आएर जर्बजस्ती यौन सम्बन्ध राख्न खोजेको खुलाइन् । उनले यसको प्रमाण दिन नसक्ने भएपनि यथार्थ भएको बताइन् । उनले यस्तो पोष्ट गरेपनि पूर्वउपप्रधानमन्त्री गाओलीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

महिना टेनिस डबलमा विश्व नम्बर एक बनिसकेकी पेङले ग्रान्डस्लाम र फ्रेन्च ओपन पनि जितेकी छिन् । उनी ३५ वर्ष पुगिन् । आरोप लागेका गाओली ७५ वर्षका भए । उनी सन् २०१३ देखि २०१८ सम्म चीनको उपप्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य पनि थिए ।



प्रतिक्रिया दिनुहोस्