Logo

१८ जना न्यायाधीशहरु, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीबीचको छलफल सम्पन्न, भोलि फेरि बस्ने



काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका असन्तुष्ट १८ जना न्यायाधीशहरुबीचको छलफल भर्खरे सम्पन्न भको छ। राजीनामाको चर्को दवाब पर्दासमेत जबराले आफुलाई गैरकानुनी रुपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा अवधारणा बनाउन यी दुई निकाय छलफलमा जुटेका थिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र असन्तुष्ट १८ जना न्यायाधीश छलफलमा सहभागी थिए । सर्वोच्च बारका सचिव घिमिरेका अनुसार बारले अघि सारेका मागप्रति न्यायाधिशहरु सकारात्मक देखिएका थिए । तर, जनतालाई न्याय दिने कुराबाट बञ्चित गराउन नहुने भन्ने उनीहरुको धारणा थियो ।



प्रतिक्रिया दिनुहोस्