Logo

आज संक्रमणबाट एकजनाको मृत्यु, कुल मृत्तकको संख्या कति ?



काठमाडौं, २९ कात्तिक । कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ४ सय १६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ पुगेको छ ।

त्यस्तै, आज २ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्