Logo

आन्दोलनरत न्यायाधीश विभाजित, पाँच न्यायाधीशले बहिष्कार गरे बारसँगको छलफल



काठमाडौं, २९ कात्तिक : इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।  छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् छन् ।

बार उपाध्यक्ष रक्षा बस्यालले ११ जना न्यायाधीशसँग भएको छलफल निष्कर्षमा पुग्न नसकेको बताइन् । भोलि पुन: छलफल गर्ने समझदारी भएको उनले बताइन् । न्यायालय शुद्धीकरणका लागि बार चार सातादेखि आन्दोलनमा छ ।

न्यायाधीशहरु पनि मुद्दा नहेरेर असहयोग आन्दोलनमा छन् । आन्दोलनमा रहेको बार र न्यायाधीशबीच सोमबारदेखि छलफल प्रारम्भ भएको हो । सोमबार नै प्रधानन्यायाधीश जबराले विधिसम्मत वार्तामा आउन आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्