Logo

विश्वकप खेल्ने यूरोपका दुई टोलीको आज टुंगो लाग्ने



एजेन्सी, २९ कात्तिक । आज राति हुने प्रतिष्पर्धाबाट यूरोपबाट कतारमा हुने विश्वकप फुटबलमा सिधै छनोट हुने थप दुई टोलीको टुंगो लाग्नेछ । आज समूह सी र आईबाट शिर्ष टोली को बन्ने टुंगो लाग्नेछ ।

यूरोपेली क्षेत्रबाट १३ टोली छनोट हुनेमा १० टोली सिधै छनोट हुनेछन् । ३ टोली प्ले अफको अर्को प्रक्रियाबाट चयन हुनेछन् । अहिलेसम्म ७ टोलीको टुंगो लागिसकेको छ ।

आज राति समूह सीबाट इटाली र स्वीटजरल्यान्डमध्ये एक टोली विश्वकपमा छनोट हुनेछन् । दुवै टोलीको समान १५ अंक छ । गोल भिन्नताले इटाली बलियो स्थितिमा छ । इटालीले नर्थन आइरल्यान्डसँग खेल्दा स्वीटजरल्यान्डले बल्गेरियासँग खेल्नेछ ।

समूह आईमा इंग्ल्यान्ड बलियो स्थितिमा छ । उसले हार व्यहोरेपनि पोल्यान्डले हंगेरीमाथि बढी गोलले जितेमात्र पछि पार्न सक्छ । इंग्ल्यान्डले कमजोर टोली सान मारिनोसँग खेल्दैछ । यसकारण उसको छनोटको सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्