Logo

स्थानीय तहमा हुने भ्रष्टाचार बढेको अख्तियारको दाबी



स्थानीय तहमा हुने भ्रष्टाचार बढेको छ । सोमबार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको जानकारी दिएको हो ।

आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले स्थानीय तहमा अनियमितताका उजुरीहरु बढिरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकको निगरानी बढेका कारण पनि संख्यामा वृद्धि भएको ठहर गरे ।

प्रवक्ता रिसालका अनुसार स्थानीय तहमा उजुरीको संख्या निकै बढ्दो क्रममा छ । “विभिन्न हिसाबले विश्लेषण गर्दा संघीय मामिला तथा स्थानीय तहमा ३२ प्रतिशत हाराहारीमा उजुरीहरु छन्,” उनले भने, “शिक्षातर्फका उजुरीहरु पनि स्थानीय तहका उजुरीहरुमा केही संलग्न छन् । यसरी हेर्दा स्थानीय तहमा भ्रष्टाचार भयो, अनियमितता भयो भनेर प्राप्त उजुरीहरुको ट्रेन्ड बढ्दो छ ।” यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ । 



प्रतिक्रिया दिनुहोस्

Screenshot