Logo

चक्कु प्रहार गरेर दाजुको हत्या, भाइ पक्राउ



इलाम, ३० कात्तिक : इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।  भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे ।

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेकाे प्रहरीकाे दाबी छ । चक्कु प्रहार गरेर दाजुकाे हत्या गरेकाे आराेपमा प्रहरीले चक्रलाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ । न्युज कारखाना file photo



प्रतिक्रिया दिनुहोस्