Logo

इंग्ल्यान्ड र स्वीटजरल्यान्ड कतार विश्वकपमा छनोट, इटाली प्ले अफमा



एजेन्सी, ३० कात्तिक । इंग्ल्यान्ड र स्वीटजरल्यान्ड कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा छनोट भएका छन् । इंग्ल्यान्डको विश्वकप छनोट लगभग सुनिश्चित भइसकेको थियो । उसले सान मारिनोमाथि १०-० को जीत हासिल गरी कतारको यात्रा सुनिश्चित गरेको हो ।

इंग्ल्यान्डका लागि कान एक्लैले ४ गोल गरेका थिए । इंग्ल्यान्ड खेलमा पूरा अवधि हावी भयो ।

समूह सीमा इटाली दुर्भाग्यशाली टोली बन्यो । यसअघिको खेलमै स्वीटरल्यान्डमाथि जित हासिल गर्ने अन्तिम समयमा प्राप्त पेनाल्टीको मौका चुकाएको इटालीलाई गएराति उत्तरी आइरल्यान्डविरुद्ध पनि धक्का लाग्यो । उसले आइरल्यान्डसँग गोलरहित बराबरीमा रोकिदा प्ले अफको भर पर्नुपरेको छ ।

यूरोपबाट ९ टोली छनोट भइसकेका छन् । समूह विजेता बनेर सिधै छनोट हुने बाँकी एक टोलीको आज टुंगो लाग्नेछ । बाँकी ३ टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

आज राति समूह जीमा नेदरल्यान्ड, टर्की र नर्वेमध्येको टोलीबाट छनोट हुने र प्ले अफ खेल्नेको टुंगो लाग्नेछ । नेदरल्यान्डले नर्वेविरुद्ध जीत हासिल गरेमा सिधै छनोट हुनेछ । बराबरी गरेमा टर्कीले मोन्टेनेग्रोसँगको परिणाम पर्खनुपर्ने हुन्छ । नर्वेले नेदरल्यान्डलाई पराजित गरेमा छनोट हुनसक्नेछ । टर्कीले जित हासिल गरेमा छनोट या प्ले अफमध्ये एक पक्का जस्तै देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्