Logo

रुसद्वारा अन्तरीक्षमा मिसाइल परीक्षणपछि अमेरिका आक्रोशित



एजेन्सी, ३० कात्तिक । रुसले अन्तरीक्षमा मिसाइल परीक्षण गरेको छ । उसले अन्तरीक्षमा रहेको आफ्नै एक स्याटलाइटमाथि सोमबार मिसाइल परीक्षण गरेको हो । परीक्षणबाट उक्त स्याटलाइट ध्वस्त भएको थियो ।

मिसाइल परीक्षणबाट ध्वस्त भएको उक्त स्याटलाइटबाट १५ सयभन्दा बढी ठूला टुक्रा निस्किएको थियो । हजारौ साना टुक्राहरु पनि निस्किएको उल्लेख छ ।

अन्तरीक्षमै मिसाइल परीक्षण गरेर रुसले आधुनिक सशस्त्रको होडमा अगाडि बढेको संकेत गरेको छ । उसले पृथ्वीको पूरै चक्कर लगाएर निश्चित तारो लगाउन सक्ने मिसाइल समेत परीक्षण गरिसकेको छ ।

यसैगरी, रुसको अन्तरीक्षमा मिसाइल परीक्षणप्रति अमेरिकाले भत्र्सना गरेको छ । अन्तरीक्षमा विभिन्न देशका स्याटलाइट र अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र रहेको अवस्थामा उक्त परीक्षण घातक रहेको भन्दै भत्र्सना गरेको छ ।

यतिबेला अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा चार अमेरिकी, दुई रुसी र एक जर्मन अन्तरीक्षयात्री छन् । ४२० किलोमिटर माथि अन्तरीक्षमा रहेको उक्त केन्द्रमाथि क्षति पुग्नसक्ने गरी मिसाइल परीक्षण भएको अमेरिकाको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्