Logo

ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डको फराकिलो जित



काठमाडौं, ३० कात्तिम । फिफा विश्वकप अन्तरगत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा सान मारिनोलाई १०–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा छनोट भएको हो ।

इंग्ल्यान्डको एकतर्फी जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे ।

खेलको छैटौं मिनेटमा मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै, १५ औं मिनेटमा फाब्रीले आत्मघाती गोल गर्दा इंग्ल्यान्डको अग्रता दोब्बर भयो ।

खेलको २७, ३१, ३९ र ४२ औं मिनेटमा ह्यारी केनले लगातार गोल गर्दा इंग्ल्यान्ड ६ गोलले अघि रह्यो ।

साथै, ५८ औं मिनेटमा स्मिथले गोल गरे । त्यसको १० मिनेट पछि रोस्सीले रातो कार्ड पाएपछि मारिनो १० खेलाडीमा सिमित भयो ।

६९ औं मिनेटमा मिङ्सले, ७८ औं मिनेटमा इब्राहिमले र ७९ औं मिनेटमा साकाले गोल गरेपछि इंग्ल्यान्डले १०–० शानदार जित निकाल्यो । यस जित सँगै इंग्ल्यान्डले १० खेलमा २६ अंक जोडेको छ ।

सान मारिनो १० खेलमा अंक विहिन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्