Logo

सर्वोच्च छिर्ने क्रममा प्रदर्शनकारीको माइक प्रहरीले खोसेपछि…



काठमाडौं, ३० कात्तिक । वकिलहरु सर्वोच्च अदातल परिसरभित्र प्रवेश गर्ने क्रममा प्रहरीले माइक खोसेको छ । मंगलबार नेपाल बारको नेतृत्वमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च प्रवेश गर्ने क्रममा वकिलहरुको माइक खोसिएको हो ।

माइक खोसेपछि वकिलहरुले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् ।

सोमबार प्रधानन्यायाधीशले वार्ताको लागि बारलाई आह्वान गरेपछि सर्वोच्चका न्यायाधीशहरु विभाजित हुन थालेको अवस्थामा कानुन व्यवसायीहरु भने कुनै हालतमा जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताइरहेका छन् । वकिलहरुले माइक बिना नै अदालतको मुख्य गेटमा धर्ना दिइरहेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot