Logo

आज कतारसँग टी–२० सिरिज खेल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली



काठमाडौं, ३० कात्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (मंगलबार) पहिलो टी–२० अन्तराष्ट्रियमा कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेल्न लागेको हो ।

महिला क्रिकेट टोलीले टी–२० सिरिज खेल्न लागेको पहिलो पटक हो । सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ गते पहिलो र २ गते दास्रो खेल खेल्नेछन्।

नेपाल र कतारबिचको खेल वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुँदैछ ।

नेपाली टोली कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्