Logo

विवादको अग्रभागमा रहेका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ : डा. राजन भट्टराई (भिडिओसहित)



काठमाडौं, ३० कार्तिक। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावाशली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफूहरु एकताबद्ध एमाले बनाएर लैजाने बताएका छन् । उनले माधव नेपालको साथ छोडेर एमालेमै रहेका १० जना नेताहरुलेपनि जिम्मेवारी पाईसकेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘उहाँहरुले जिम्मेवारी पाईसक्नुभएको छ त।’ उनले माधव नेपालको बारेमा धेरै समय खर्चिनु र टिप्पणी गर्नु गलत हुने महत्वपूर्ण समय खेर जाने सुनाए । उनले आफूहरुप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नउभिएको पनि स्पष्ट पारे ।

उनले भने,‘हामीले के भनेका छौं भने सर्वोच्च अदालतभित्र जुनखालको गन्धा राजनीति घुसाईयो, निश्पक्ष न्याय दिनुपर्ने व्यक्तिहरु राजनीतिक गन्धा खेलमा संलग्न हुनुभएको छ, यदि न्यायालय साँच्चिकै सुधार गर्ने हो भने समग्र न्यायाधीशहरुलाई हटाईनुपर्छ, सबैले राजीनामा दिनुपर्नेछ ।विवादको अग्रभागमा रहेका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्