Logo

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी



काठमाडौं, ३० कात्तिक । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिलागाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ ।

राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतननाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिलागाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ ।



प्रतिक्रिया दिनुहोस्