Logo

प्रदीप पौडेललाई ऋषि धमलाको प्रश्न : तपाईँ कुन समूहबाट महामन्त्रीको उम्मेद्धवार ? (भिडिओसहित)



काठमाडौं, ३० कार्तिक । नेपाल कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरेका युवा नो प्रदीप पौडेलले आफूहरु समिकरण बनाएर नै महाधिवेशनको चुनावी मैदानमा उत्रिने स्पष्ट पारेका छन् । उनले भने,‘म अहिले कृष्ण सिटौलाकै समूहमा छु । हामी समिकरण बनाएर नै महाधिवेशनको चुनावमा उत्रिन्छौं ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले गगन थापाले सिटौला क्याम्प छोडें भनेर नभनेको स्पष्ट पारे । उनले भने,‘हामीसँगको गफगाफमा उहाँले यो समूह छोडें भनेर भन्नुभएको छैन् । अब त्यो उहाँको कुरा हो ।’ उनले आफू र गगन थापाबीच नियमित सम्वाद भैरहेको पनि जिकिर गरे । उनले अहिले युवाहरु नेतृत्वमा आईदिउन् भन्ने नेता तथा कार्यकर्ताहरुको चाहना रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्