Logo

बाइडेन र सीबीचकाे भर्चुअल वार्ता सम्पन्न



एजेन्सी, ३० कात्तिक। अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बहुप्रतीक्षित भर्चुअल बैठकमा कुराकानी गरेका छन्।उक्त कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अमेरिकासँग सम्बन्धलाई सकारात्मक दिशामा लैजान तयार रहेको विश्वास व्यक्त गरेका छन् ।

आवश्यक ठानेका विषयमा दुवै देशका नेताबीच कुराकानी भएको बुझिएको छ । वाइडेनले वार्तामा मानवअधिकार र इण्डो प्यासिफिकका मुद्दा पनि उठाएका थिए। उता चिनियाँ राष्ट्रपतिले दुई देशले एक अर्को देशलाई सम्मान गर्दै स्थिर द्विपक्षीय सम्बन्धमा जोड दिएका थिए।

चिनियाँ राष्ट्रपतिले ‘पुराना साथी’ वाइडेनलाई देखेर खुसी भएको बताएका थिए। दुई नेताबीचको यो तेस्रो बैठक हो। शुक्रबार व्हाइट हाउसले आफ्नो विज्ञप्तिमा दुवै नेता चीन र अमेरिकामा जारी होडबारे कुराकानी गर्दै साझा हितमा साथ मिलेर काम गर्नेबारे कुराकानी गर्ने भएको जनाएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम