Logo

अधिवक्ता बस्नेतको आरोप : मुद्दा नजिताएकोले बारले प्रधानन्यायाधीशको राजीनामा मागेको हो (भिडिओसहित)



काठमाडौं, ३० कात्तिक । अधिवक्ता बसन्त बस्नेतले नेपाल बार एसोशियसनले आफ्ना मुद्दा नजिताएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले नेपाल बार एसोशियसन वकिलहरुको हक हितमा बोल्नुपर्नेमा उल्टै वकिलहरुलाई बेरोजगार बनाएकोमा दुःख व्यक्ति गरेका थिए ।

साथै, उनले नेपाल बारले राजीनामा माग्दैमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन जरुरी नभएको उल्लेख गरे । ‘युद्धमा जादा कमान्डरलाई असहयोग गरियो भने ति सैनिकहरुलाई कि कारबाही गरिन्छ या ति मारिन्छ’,उनले भने, ‘त्यसैले उहाँहरुलाई प्रधानन्यायाधीशलाई असहयोग गर्न मिल्दैन् ।



प्रतिक्रिया दिनुहोस्