Logo

अदालतको विषयमा राजनीतिक दलहरु बोल्न नसक्नुमा सेटिङ मुख्य कारण हो : अधिवक्ता मोतिराज गौतम



काठमाडौं, ३० कात्तिक । नेपाल बारका निवर्तमान उपाध्यक्ष मोतीराज गौतमले राजनीतिक दलहरुमा  अदालतको यस विषयमा बोल्न सक्ने हैसियत नहुनुमा सेटिङ मुख्य कारण रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुको विकल्प नभएको बताए ।

तर, सर्वाेच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म इजलासमा बस्दैनौं भन्नु विवेकसम्मत् निर्णय नभएको भन्दै त्यसो गर्नु गलत भएको बताए । ‘म यस कुरामा भने सहमत छैन्’–उनले भने । साथै, उनले नेपाल बार एसोशियसनले पनि सिधै प्रधानन्यायाधीशको राजीनामा माग्नु पनि राम्रो काम नभएको तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्