Logo

विश्वकप आयोजनाको तयारीमा जुट्यो अष्ट्रेलिया, कुन मैदानमा हुनेछन् खेल ?



काठमाडौं, ३० कात्तिक । सन् २०२१ को विश्वकप क्रिकेटको उपाधि उचालेको अष्ट्रेलिया सन् २०२२ को विश्वकप क्रिकेटको आयोजक हो ।

फाइनलमा न्युजिल्यान्डलाई हराएको अष्ट्रेलिया स्वदेश फर्किएसँगै सन् २०२२ को विश्वकपको तयारीमा जुटेको छ ।

अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने विश्वकपका खेलहरु कुन÷कुन स्टेडियममा गर्ने भन्ने विषयमा आइसीसी र आयोजक राष्ट्र बिचको छलफलपछि मैदान तोकिएको छ ।

आइसीसीका अनुसार सन् २०२२ को विश्वकप क्रिकेट अष्ट्रेलियाका ७ शहरमा हुनेछ ।

खेल कर्डिनिया पार्क, एडिलेड ओवल, गाबा, पर्थ, जिलोङ, होबर्टको बेलेवि ओवल र मेलबर्न क्रिकेट मैदानमा हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्