Logo

मुख्य प्रशिक्षकको लागि अन्तरवार्ता लिदै क्यान



काठमाडौं, ३० कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि १५ जनाको अन्तरवार्ता लिने तयारी गरेको छ ।

क्यानले खुला गरेको दरखास्त आह्वानमा ६० जनाले आवेदन दिएका छन् । तर, पनि १५ जनाको मात्र अन्तर्वार्ता लिन लागिएको क्यानले जनाएको छ ।

मुख्य प्रशिक्षक नियुक्तिका लागि क्यानले छनोट समिति बनाउने र उक्त समितिले अन्तर्वार्ता लिने बताइएको छ ।

क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली क्रिेकट टिम नेतृत्वविहीन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्