Logo

दुवै पक्षलाई लचिलो हुन संवैधानिक आयोगको आग्रह



काठमाडौं, ३० कात्तिक । पछिल्लो समय न्यायालयमा देखिएको समस्या समाधानको लागि संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरुले दुवै पक्षलाई लचिलो हुन आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै दुवैपक्ष नेपाल बार र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समस्या समाधान गर्न आग्रह गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा आज पे्रस विज्ञप्ति जारी गरी नियमित रुपमा मुद्दाको सुनुवाइ हुने वातावरण सिर्जना गरी समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरेका हुन् ।

वार्ता र संवादको माध्यमबाटै गतिरोध अन्त्य गर्दै नियमित रुपमा मुद्दाको सुनुवाई हुने वातावरण सिर्जना गरी समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न पनि दुवै पक्षलाई विज्ञप्तीमार्फत आग्रह गरिएको छ



प्रतिक्रिया दिनुहोस्