Logo

अमेरिकी हतियारसहित तालिवानको सैन्य परेड



एजेन्सी, ३० कात्तिक। तालिवान लडाकुले राजधानी काबुलमा सैन्य परेड गरेका छन्। अमेरिकामा बनेका हातहतियारसहित उनीहरुले सैन्य परेड गरेका हुन्। तालिवान लडाकुले आफ्नो सैन्य परेडमा रुसी हेलिकप्टरसमेत प्रदर्शन गरेको बताइएको छ।

करिब २० वर्ष लामो समयसम्म अफगानिस्तानमा तैनाथ अमेरिकी सेना अगष्टमा फिर्ता भएको थियो। अगष्ट महिनामा अमेरिकी सेनासँगै त्यहाँ खटिएका पश्चिमा मुलुकका सेनाको स्वदेश फिर्तीसँगै सेनाले ठुलो संख्यामा हातहतियार अफगानिस्तानमा छोडेका थिए।

यद्यपि, तालिवानले आफ्ना २५० नयाँ लडाकुलाई प्रशिक्षण दिन सैन्य परेड गरेको बताएको छ। उक्त परेडमा अमेरिकाद्वारा निर्मित विभिन्न हातहतियार प्रयोग गरिएको अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनयातुल्लाह खवराज्मीले बताएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्