Logo

युरोपेली संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्दै



एजेन्सी, ३० कात्तिक। युरोपेली संघ (ईयु) ले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्ने भएको छ। सो क्षेत्रमा आप्रवासी संकट बढ्दै जाँदा संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्न लागेको हो।

ईयुले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्नेबारे सोमबार (स्थानीय समय) निर्णय गर्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ। ईयुका २७ सदस्यको बैठक बस्ने र सो बैठकले प्रतिबन्ध अनुमोदन गर्ने बताइएको छ। जसअनुसार एयरलाईन्स, यात्रु र आप्रवासी ओसारपसार गर्ने यातायातमाथि नयाँ प्रतिबन्ध लगाउने लक्ष्य रहेको बताइएको छ।

केही दिनअघि बेलारुसबाट गइरहेका आप्रवासीमाथि पोल्याण्डले सीमा प्रवेशमा रोक लगाएको थियो। पोल्याण्डको रोकपछि सो क्षेत्रमा आप्रवासी सम्बन्धमा समस्या चुलिएको छ। हाल बेलारुस र पोल्याण्ड सीमामा हजारौँ आप्रवासी अलपत्र परिरहेको बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्