Logo

गमगढीमा सल्केको आगो यसरी निभाइयो (भिडियोसहित)



गमगढी, ३० कात्तिक । मध्यराति मुगुको गमगढीमा आगो दन्कियो । स्थानीयको घरमा पूजाका लागि बालिएको दियोबाट सुरु भएको आगलागीले दर्जनौं घरमा छोइसकेको थियो ।

मानिसहरुको भागदौड मच्चियो । रुवाबासी चल्यो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनता एकजुट भई आगो निभाउन थाले । निकै मिहेनतपछि आगो निभ्यो । ठन्डीको मौसममा आगो दन्किएको थियो ।
घटनामा ठूलो क्षति भएको छ । तर, आगो नियन्त्रणमा लिन सफल हुँदा कुनैपनि मानवीय क्षति भएन ।



प्रतिक्रिया दिनुहोस्