Logo

विप्लवका कार्यकर्ताले भद्रकालीमा टायर बालेर प्रदर्शन गरे (फोटोफिचर)



काठमाडौं, ३० कार्तिक । नेपाल बन्द सफल बनाउन आक्रामक रुपमा प्रस्तुत भएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताहरुले आज काठमाडौंको भद्रकालीमा टायर बालेर प्रदर्शन गरेका छन् ।

टायर बाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै विप्लवको पार्टीले आज नेपाल बन्दको आयोजना गरेको छ ।

तर, देशव्यापी रुपमा हेर्दा नेपाल बन्दको असर पर्ने खासै परेको छैन् । काठमाडौंमा सार्वजनिक यातायातबाहेक सबै सवारीसाधन निर्वाद रुपमा चलिरहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot