Logo

कप्तान विलियम्सनले गुमाउने भए भारत विरुद्धको टि–२० सिरिज



काठमाडौं, ३० कात्तिक । भारतविरुद्धको टेस्ट क्रिकेट सिरिजमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन मैदान नउत्रिने भएका छन् ।

विलियमसनले भारतविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको हो ।

न्युजिल्यान्डले बुधबारबाट भारतविरुद्ध टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ ।

तीन खेलको टी–ट्वान्टी सिरिजकामा न्युजिल्यान्डको कप्तानी टिम साउथीले गर्ने बताइएको छ । जयपुरमा हुने पहिलो टी–ट्वान्टी खेलमा भारतको कप्तानी रोहित शर्माले गर्नेछन् ।

न्युजिल्यान्डले भारतविरुद्ध दोस्रो खेल शुक्रबार र तेस्रो खेलमा आइतबार खेल्नेछ । सिरिज २५ नोमेम्बरबाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्