Logo

प्रधान सेनापति शर्मा र गणतन्त्र कोरियाका राजदुतबीच भेट



काठमाडौं, ३० कात्तिक । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र कोरियाका राजदूत Mr. Park Chong-Suk बीच आज भेटघाट भएको छ । शर्मा र Suk को मंगलबार जङ्गी अड्डामा शिष्टाचार भेट भएको हो ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्