Logo

नेयमारको तिघ्रामा समस्या, अर्जेन्टिनाबिरुद्धको खेल गुमाउने



काठमाडौं, ३० कात्तिक । ब्राजिलियन फरवार्ड नेयमारले विश्वकप छनोट अन्तरगत अर्जेन्टिनाबिरुद्धको खेल गुमाउने भएका छन् ।

अर्जेन्टनाको घरेलु मैदानमा बुधबार हुने खेल नेयमारले चोटका कारण गुमाउने भएका हुन् ।

ब्राजिलियन फुटबल कन्फेडेरेसनले तिघ्रामा समस्या देखिएको कारणले नेयमार अर्जेन्टिनाविरुद्ध नखेल्ने जनाएको छ ।

विश्वकप छनोट अन्तर्गत नोभेम्बर १२ मा कोलम्बियासँगको खेलमा नेयरमारको तिघ्रमा समस्या देखिएको थियो ।

सन् २०२२ मा हुने विश्वकपमा ब्राजिल छनोट भइसकेको छ ।

ब्राजिलले १२ खेलमा ३४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना २८ अंकका साथ दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्