Logo

सूकीले निर्वाचनमा धाँधली गरेको जुन्ता सरकारको अभियोग



३० कात्तिक : म्यानमारको जुन्ता सरकारले अपदस्थ नेतृ आङ साङ सूकीलाई निर्वाचनमा धाँधली गरेको अभियोग लगाएको छ । गत सन् २०२० मा भएको संसदीय निर्वाचनमा सूकीले अनियमितता गरेको सैनिक सरकारको दाबी रहेको छ ।म्यानमारको सैनिक नेतृत्वले गत फेब्रुअरी १ तत्कालिन सरकारका पदाधिकारी र राजीतिक दलका नेताहरुलाई अपदस्थ गर्दै नियन्त्रणमा लिएको छ भने सरकार पनि आफ्नो हातमा लिएको छ ।

सैनिकले नेताहरुलाई थुनेर सत्ता हातमा लिएपछि त्यसको विरुद्धमा देशभरी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा केही मृत्यु भएको छ भने केही घाइते समेत भएका छन् । निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै सुकीलाई नियन्त्रणमा लिएको सेनाले सूकीमाथी निर्वाचनको विषयलाई समेत लिएर मुद्धा दर्ता गरेको हो ।

म्यामारमा प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गर्नु भएकी ७६ वर्षीया सूकीलाई भ्रष्टाचार गरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका अन्य मुद्धा पनि लगाइएको छ । तर, उनलाई लगाएको मुद्धाहरुका बारेमा पर्याप्त विवरणहरु भने सार्वजनिक गरिएको छैन ।सूकीसँगै अन्य १५ जना उच्च अधिकारीहरुलाई पनि यस्तै मुद्धा लगाइएको छ । मुद्धाको सामना गरिरहेकाहरुमा पूर्व राष्ट्रपति विन मिन्ट, निर्वाचन आयोगका पूर्व अध्यक्षलगायत रहेका छन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्