Logo

डिशहोमको नयाँ योजना, डिशहोमको रिचार्ज गर्दा फाइबरनेट सित्तैमा



काठमाडौं, ३० कात्तिक । आफ्ना ग्राहकहरुलाई डिशहोमले १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । कम्पनीले डिशहोमको रिचार्ज गर्ने ग्राहकलाई १० एमबीपीएसको डिशहोम फाइबरनेट उपलब्ध गराउने भएको हो ।

डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा योजना अन्तर्गत कम्पनीले इन्टरनेट प्रदान गर्न लागेको हो । यस योजना अन्तर्गत डिशहोम ग्राहकले मासिक ६ सय रूपैयाँमा १० एमबीपीएसको डिशहोम फाइबर नेट पाउने जनाइएको छ ।

यो योजना डिशहोम फाइबर नेट उपलब्ध रहेको ठाउँमा लागु हुनेछ । देशका प्रमुख शहरहरूमा डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ । नेपालको एक मात्र डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमका देशभर २० लाख ग्राहक छन् ।



प्रतिक्रिया दिनुहोस्