Logo

आज ३ सय ७७ संक्रमित थप, १७० निको



काठमाडौं, ३० कात्तिक। आज नेपालमा कोरोना भाइरसका ३ सय ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, मंगलबार १ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ७ सय १४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ३९ जना र एन्टिजेन विधिबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्