Logo

नेपाल बारका पदाधिकारीसँग न्यायाधीशहरु फायर, अब अवरोध धेरै नलम्ब्याउने जवाफ



काठमाडौं, ३० कार्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीचको छलफल बिना निश्कर्ष टुँग्गिएको छ । सर्वोच्च अदालतको एनेक्स हलमा दुई घण्टा बढी चलेको छलफलमा न्यायाधीशहरुले सेवा प्रवाहको अवरोध धेरै लम्ब्याउन नसकिने धारणा बारका पदाधिकारीसँग राखेका छन् । आजको छलफलमा अधिकांश न्यायाधीशहरु बार पदाधिकारीसँग फायर भएका थिए । उनीहरुले न्याय दिने थलोलाई सधैं यसरी बन्धक बनाउन नहुने भन्दै कड्किएका थिए ।

बारका पदाधिकारीले भने कुनै हालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा बटमलाइन भएको बताउँदै आफ्ना कुरा राखेका थिए । छलफलमा न्यायाधीशहरुले अहिलेको अवस्था प्रधानन्यायाधीश राणाकै कारण आएको, यसलाई समाधान गर्न गैरजिम्मेवार देखिएको भन्दै तर सेवा प्रवाहको अवरोध धेरै लम्ब्याउन हुँदैन भन्ने धारणा राखेका थिए । यद्यपि इजलासमा फर्किने वा नफर्किने, अब के गर्ने भन्ने स्पष्ट जवाफ दिएनन् ।

बारका पदाधिकारीसँगको छलफलमा १३ न्यायाधीश सहभागी थिए । केही न्यायाधीशले भने छलफलमा अनुपस्थित भएर इजलासमा मुद्दा हेरेका छन् । बारका पदाधिकारीसँगको छलफलपछि ती न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए । उच्च स्रोतले दिएको जानकारीअनुसार अधिकांश न्यायाधीशहरु अब इजलास सुचारु गर्नुपर्ने पक्षमा उभिएका छन् ।

प्रधानन्यायाधीश जबरा गोलाप्रथा लागु गर्न तयार भएको अवस्थामा सिनियर न्यायाधीशहरु नै यसको विपक्षमा उभिनुले आन्दोलनको पछाडि गलत नियत रहेको अधिकांश न्यायाधीशहरुको बुझाई रहेको छ । आज ६ जना न्यायाधीशहरुले इजलासमा सुनुवाई गरेर विभिन्न मुद्दामा निर्णयसमेत गरेका छन् । भोलिबाट सर्वोच्च अदालत नियमित प्रक्रियामा अघि बढ्ने र सबै प्रकारका मुद्दाको सुनुवाई हुने बुझिएको छ । बरिष्ठ अधिवक्ताहरु नै अब आन्दोलनको कुनै औचित्य नभएको भन्दै भोलिबाट नै बहस÷पैरवीमा सहभागी हुने तयारमिा जुटेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्