Logo

पाँच दलीय गठबन्धनले उपनिर्वाचनमा सहकार्य गर्ने, अदालतको विवादबारे मौन (विज्ञप्तीसहित)



काठमाडौं, ३० कात्तिक । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका हुन् ।

जारी विज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी गरिएको छ । ुराष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको छु, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चा नेतृ दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

तर, गठबन्धनले सर्वोच्च अदालतभित्रको अहिलेको विवादबारे भने केही पनि उल्लेख गरेको छैन् । नेपाल बारले अदालतको विवादबारे दलहरुले बोल्नुपर्ने माग गरेको छ । तर, सत्तारुढ गठबन्धन यो विषयमा मौन छ ।



प्रतिक्रिया दिनुहोस्