Logo

राप्रपा नेपालका अध्यक्ष आराम तामाङ देश दौडाहामा जाने, राजा ल्याईछाड्ने उद्घोष



काठमाडौं, ३० कार्तिक । युरोप भ्रमणपछि स्वदेश फर्किएका राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आराम तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

उनलाई रिसिभ गर्न अध्यक्ष लाक्पा तामाङ आँफै विमानस्थल पुगेका थिए । युरोपबाट काठमाडौं ओर्लिएका तामाङले पार्टीको संगठन निर्माणको लागि अबको समय खर्चिने पनि बताए ।

उनले पार्टीले वैदिक सनातन धर्म र राजसंस्थाको वकालत गरेको पनि जनाए । उनले राजा सबैको साझा हुने बताए । उनले नेताहरु त सबै राजा भएको टिप्पणी गरे । उनले आफूहरुलाई जनताको आवाज सुन्ने र दुःख, मर्का बुझ्ने सरकार आवश्यक रहेको सुनाए ।

उनले आफूहरुले देशव्यापी रुपमा निःशुल्क शिक्षा र स्वास्थ्य हुनुपर्ने मूल एजेण्डा बनाउको पनि बताए । उनले राजनीतिमा आफूहरु लाग्नुको कारण सेवा गर्नु नै भएको सुनाए । तर, चर्चाको लागि आफूले समाजसेवा नगर्ने र भित्रैबाट सेवा भाव राखेर काम गर्ने विश्वास दिलाए ।

उनले देशमा अब घुसखोरी राजनीतिलाई विस्थापित गरेर सक्षम युवाहरुले देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले पार्टीको संगठन ४३ जिल्लामा सशक्त रुपमा सक्रिय रहेको जनाए । उनले देशमा राजसंस्थाको आवश्यकत्ता छ भन्ने आवाज देशव्यापी रुपमा उठेको भन्दै यसको लागि आफ्नो पार्टीले पाईला चालिरहेको पनि सुनाए ।

उनले राजा भनेको देशको अभिभावक भएको सुनाए । उनले राजा शान्तिको प्रतिक भएकोे पनि सुनाए । र, शान्तिको प्रतिक भएकोले आफूहरुले राजालाई बुद्धको अवतार मानेको पनि तामाङको भनाई छ । उनले आफूहरुले तन, मन र धन लगाएर राजा ल्याउने बताए ।



प्रतिक्रिया दिनुहोस्