Logo

विश्वकप फुटबलमा अफ्रिकाबाट अन्तिम चरणमा छनोट भएका १० देश (सूचीसहित)



एजेन्सी, १ मंसिर । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा अफ्रिकी महादेशको दोस्रो चरणको छनोट सकिएको छ । ५ देश छनोट हुने अफ्रिकाबाट अब अन्तिम चरणमा १० देशले प्रतिष्पर्धा गर्नेछन् ।

१० टोलीबाट ५ टोली छानिनेछन् । जसका लागि एक अर्काविरुद्ध प्ले अफ खेल्ने तय हुनेछ ।

विश्वकप खेलिसकेका क्यामरुन, ट्युनिसिया, मोरक्को, इजिप्ट, नाइजेरिया, घाना, अल्जेरिया जस्ता देशहरु कठिन चुनौती पार गरी दोस्रो चरणमा पुगेका छन् । अबको प्ले अफ झन् कठिन हुनेछ ।

क्यामरुनले गएराति आइभोरी कोष्टलाई पराजित गरी दोस्रो चरणको यात्रा तय गरेको हो । दुवै अफ्रिकाका फुटबल महाशक्ति भएकाले यो समूह रोचक बनेको थियो ।
घानाले दक्षिण अफ्रिकालाई विवादास्पद खेलमा पन्छायो । घानाले पाएको पेनाल्टी विवादमा परेकाले फिफाले अनुसन्धान बढाएको छ ।

यूरोपबाट अन्तिम चरणमा छनोट भएका देश
अल्जेरिया
ट्युनिसिया
नाइजेरिया
क्यामरुन
माली
इजिप्ट
घाना
सेनेगल
मोरक्को
कंगो



प्रतिक्रिया दिनुहोस्