Logo

विश्वकप फुटबलमा अहिलेसम्म १३ देशको टुंगो (सुचीसहित)



एजेन्सी, १ मंसिर । कतारमा हुने विश्वकप फुटबल २०२२ मा ३२ देशले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । हरेक महादेशले पाएको कोटा अनुसार छनोट हुनेछन् ।

यूरोपबाट १३, अफ्रिकाबाट ५, एशिया प्यासिफिकबाट ४ सिधै र एक प्ले अफ, दक्षिण अमेरिकाबाट पनि ४ सिधै र एक प्ले अफ, उत्तर अमेरिकाबाट ३ सिधै र एक प्ले अफ, एक आयोजक राष्ट्र छनोटको कोटा छ ।

आयोजक कतार, यूरोपबाट १० र दक्षिण अमेरिकाबाट २ टोलीको टुंगो लागिसकेको छ । एशियाबाट छनोट हुने केही देशहरुको पनि लगभग टुंगो लाग्दैछ ।

विश्वकपमा छनोट भएका देशहरु

आयोजक
कतार

यूरोप
सर्विया
स्पेन
स्वीजरल्यान्ड
फ्रान्स
बेल्जिम
डेनमार्क
नेदरल्यान्ड
क्रोएसिया
इंग्ल्यान्ड
जर्मनी

दक्षिण अमेरिका
ब्राजिल
अर्जेन्टिना



प्रतिक्रिया दिनुहोस्