Logo

ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए, अर्जेन्टिना विश्वकपमा छनोट



काठमाडौं, १ मंसिर । फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाबिचको खेल बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिल र अर्जेन्टिना गोलरहित बराबरीमा रोकिएका हुन् ।

अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरिमा रोकिएको हो ।

यस बराबरीसँगै अर्जेन्टिना विश्वकपमा छनोट भएको छ ।

ब्राजिल भने यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।

ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । १३ खेलबाट २९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्