बैंक अफ काठमाण्डुको सभा मंसिर २९ गते, लाभांश प्रस्ताव कति ?


काठमाडौं, १ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २९ गतेसाधारण सभा बोलाएको छ । कम्पनीको गत कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले २७औं वार्षिक सभा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते एक दिन बुक क्लोज गर्ने मंसिर ९ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको सभाले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने भएको छ ।