Logo

प्रधानन्यायाधीश जबराले आजलाई तोके १० इजलास



काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार (आज)को लागि १० इजलास तोकेका छन् । जबराले आज आफुलाई भने इजलास तोकेका छैनन् ।

बुधबार जबराले दुई एकल र ८ संयुक्त गरी १० इजलास सबै प्रकृतिका १८६ मुद्दाको पेशी तोकेका हुन् । मंगलबार ६ जना असन्तुष्ट समुहबाट न्यायाधीशहरु नियमित काममा फर्केर बन्दी प्रत्यक्षीकरणलगायतका अन्य मुद्दा हेरेका थिए ।

न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएपछि बारको आन्दोलन तुहिने विश्लेषण गरिएको छ । मंगलबार न्यायाधीशद्धय श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको थियो । त्यस्तै, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ ।



प्रतिक्रिया दिनुहोस्