Logo

प्रधानन्यायाधीश जबरालाई सुरेन्द्र केसीको आग्रह : खबरदार, तपाईँले राजीनामा नदिनुहोस (भिडिओसहित)



काठमाडौं, १ मंसिर । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमेर जबराको राजीनामा मागेर नेपाल बारले गरेको आन्दोलन नै गलत भएको दाबी गरेका छन् । उनले प्रधानन्यायाधीश जबराको राजीनामा मागिनु उपयुक्त नभएको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘खबरदार प्रधानन्यायाधीशज्यू, तपाईँले कुनै हालतमा राजीनामा नदिनुहोस, राजीनामा नदिनुहोस भन्ने मेरो आदेश हो । जनताको पनि यही खबरदारी छ । जनताको तर्फबाट मेरो आग्रह छ कि तपाईँले राजीनामा नदिनुहोस, यदि दिनैपर्ने अवस्था आयो भने के कारणले दिनुपर्ने हो त्यो कारण पनि खुलाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्