Logo

चलचित्र ‘घुँइचो’ मा नायिका एलिजा अनुबन्ध



काठमाडौं, १ मंसिर । नायिका एलिजा गौतमले नयाँ फिल्म ‘घुँइचो’ मा हस्ताक्षर गरेकी छिन् । आर.जे म्युजिक एण्ड मिडियाको ब्यानरमा रामजी दैलेखीले निर्माण गर्न लागेको फिल्म ‘घुँइचो’मा एलिजाले मुख्य भुमिकामा अभिनय गर्ने भएकी हुन् ।

नायिका तथा मोडल एलिजा र निर्माता दैलेखीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । फिल्ममा दुर्गम गाउँदेखिका युवाको अमेरिकासम्मको यात्राको कथा रहेको निर्माण पक्षले जनाएको छ ।

लामो समय क्यानडाको बसाईपछि नेपाल आएकी नायिका एलिजाले आफु लामो समयदेखि यस्तै कथाको प्रतिक्षामा रहेको भन्दै कथा मन परेको हुनाले आफु घुँइचोमा काम गर्न तयार रहेको जानकारी दिइन् ।

निर्माता दैलेखीले नायिका गौतमसँग सम्झौता भएपनि अन्य बाँकी कलाकारहरु भने चाडैनै फाइनल गर्ने बताए । एलिजाको यो दोस्रो फिल्म हो । उनले पहिलो पटक ‘अनुराग’ फिल्ममा अभिनय गरेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्