Logo

आन्तरिक राजस्व विभागद्धारा नोबेल हस्पिटललाई सम्मान



काठमाडौं । स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिरेको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षणलाई सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवस, २०७८ को अवसर पारेर आन्तरिक राजस्व विभागले नोबेल हस्पिटललाई यो क्षेत्रमा सबैभन्दा बढी आयकर तिरेको भन्दै सम्मान गरेको हो ।

आन्तरिक राजस्व विभागकाअनुसार आर्थिक वर्ष ०७७–०७८ मा नोबेल मेडिकल कलेजले २२ करोड आयकर तिरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा सबै संस्थालाई जितेको छ ।

विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा १ मंसिरमा उत्कृष्ट करदाता व्यक्ति र संस्थाको नाम सार्वजनिकसँगै सम्मान गर्दै आएको छ । यही अवसरमा नोबेल अस्पताललाई सबैभन्दा बढी कर तिर्ने संस्थाको हैसियतमा सम्मान गरिएको हो ।

अघिल्लो वर्ष शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालि थियो । यस वर्ष मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप दोस्रोमा छ । उसले ७ करोड रुपैयाँ आयकर तिरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्