Logo

विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नुपर्दछः नेता सिंह



विराटनगर, १ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मुखदर्शक भएर बस्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर पुगेका नेता सिंहले बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् ।

एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो । ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिकामा भईरहेको विवादको मुख दर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ ।’ नेता सिंहको भनाई थियो ।

साथै उनले बर्तमान स्थितिमा अर्लिइलेक्शनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए । उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने समेत दोहो¥याएका छन् । वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्