Logo

‘ए’ डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेज, डेढ लाख अमेरिकी डलरमा भयो सम्झौता



काठमाडौं, १ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबललाई कतार एयरवेजले प्रायोजन गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

एन्फाले एक वर्षको लागि कतार एयरवेजसँग डेढ लाख अमेरिकी डलरमा सम्झौता गरेको हो ।

कतार एयरवेजले अघिल्लो पटकको लिगमा समेत मुख्य प्रायोजक रहेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर ३ गते (शुक्रबार)बाट सुरु हुदैछ । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्