Logo

एमालेको १०औं महाधिवेशनमा शताब्दी पुरुष जोशीको यस्तो शुभेच्छा (भिडिओसहित)



काठमाडौं, १ मंसिर । शताब्दी पुरुष सत्यमोहन जोशीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनको सफलताको लागि शुभकामना दिएका छन् । जोशीले एमालेलाई दिएको शुभकामना भिडिओ एमाले सचिव योगेश भट्टराईले जारी गरेका छन् ।

उनले नेपालका हरेक राजनीतिक दलको उद्देश्य नै देश बनाउनु भएकोले एमालेले लिएको ‘समृद्ध नेपाल, र सुखी नेपाली’ को लक्ष्य र संकल्प धेरै राम्रो थियो भन्ने धारणा राखे । उनले एमालेको महाधिवेशनको लागि सफलताको शुभकामना दिए ।  सुनौंको जोशीको शुभेच्छा: 



प्रतिक्रिया दिनुहोस्