Logo

ओलीसँग भीम रावलको असन्तुष्टि झन बढ्यो, कैलालीमा समानान्तर प्रतिनिधि छनौट भेला



काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल अध्यक्ष केपी शर्मा ओलीसँग झनै असन्तुष्ट बनेका छन् । पछिल्लो समय १० बुँदे कार्यान्वयनमा ओली ईमानदार नभएको आरोप लगाउँदै आएका रावलले अहिले महाधिवेशनमा प्रतिनिधि छनौटलाई लिएर असन्तुष्टि पोख्न थालेका छन् ।

पछिल्लो समय कैलाली क्षेत्र नम्वर २ मा अध्यक्ष ओली र रावलको विवाद छताछुल्ल भएको हो । उनीहरूबीचको विवादकै कारण कैलाली क्षेत्र नम्वर २ मा मंगलबार एमालेले गरेको महधिवेशन प्रतिनिधि छनौट भीम रावल पक्षले अस्वीकार गरेको छ । रावल पक्षले भने बुधबार ९आज० फेरी महाधिवेशन प्रतिनिधि छनौटका लागि भेला आह्वान गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कीस्थित मनोहरा होटलमा भेला आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्