Logo

सशांकलाई प्रकाशमानको प्रश्नः काठमाडौंबाहिर चिन्दैनन् भन्ने ?



विराटनगर, १ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आफूलाई काठमाडौं बाहिर चिन्दैन भन्नेलाई चुनाव जितेर देखाउने चुनौती दिएका छन् । आज विराटनगर पुगेर महामन्त्री डा. सशांक कोइरालातर्फ इंकित गर्दै आफूलाई काठमाडौं भित्र र बाहिर दुवैबाट ठूलो साथ मिल्ने गरेको बताए ।

‘हिजो मलाई काठमाडौंले चिन्दैन भन्थे, अहिले काठमाडौबाहिरले चिन्दैन भनी दुष्प्रचार गर्न थालेका छन्,’ सिंहले कोइराला परिवारको गृहजिल्ला मोरङ पुगेर भने,‘देशभरको काँग्रेसको साथबाट सभापति जित्नेछु ।’

आफूले विगतमा केन्द्रीय सदस्य र महामन्त्री हुँदा प्राप्त गरेको मत काठमाडौंको मात्र नभएको स्मरण गराए । उनले भने,‘सबै चुनावमा देखिनेछ ।’

आफू काँग्रेसको तल्लो इकाईबाट लामो संघर्ष गरेर यहाँसम्म आएको सुनाए । उनले आफू जिल्ला कमिटी हुँदै जिल्ला सदस्य, केन्द्रीय सदस्य, उपसभापति, महामन्त्री समेत भएको बताए । अब कुनै हालतमा सभापतिको उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारे ।

आफू कुनै जिम्मेवारीमा नबस्ने र जिम्मेवारी समेत राम्ररी पूरा नगर्नेेहरुले पृष्ठभूमी केलाउन चुनौती दिए । सशांक कोइरालातर्फ इंकित गर्दै भने,‘म महामन्त्री हुँदा काँग्रेस पहिलो पार्टी भएको इतिहास पल्टाए हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम