Logo

नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ र ५ गते प्रज्ञा प्रतिष्ठानमा हुने



काठमाडौं, १ मंसिर । नेपाल परिवार दलले मंसिर ४ र ५ गते तेस्रो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर काठमाण्डौंस्थित् प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने महाधिवशन दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालको अध्यक्षता हुने जानकारी दिइएको हो ।

कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने दलले जनाएको छ । महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निबार्चित हुने भएका छन् ।

कार्यक्रममा बोल्दै दलका केन्द्रीय अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले तेस्रो राष्ट्रिय महाधिवेशन को तयारी पुरा भएको जानकारी दिए । उनले “सबैखाले विभेदको अन्त्य गरौँ: सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय महाधिवेशन गर्न लागेको पनि बताए । नेपाली समाजमा ठुला–ठुला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो ।
उनले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडी बढेको बताए । उनले अराजक राजनीतिले देशलाई बर्बादीतिर मात्र लैजाने पनि उल्लेख गरे ।

अध्यक्ष ढकालले हिमाल, पहाड, तराई, धनी र गरिब सबैको प्रतिनिधित्व हुनेगरी सबैलाई समेट्न आफ्नो दलले खोजेको पनि सुनाए । उनले १२६ जनजाती र १२३ भाषाभाषीहरुलाई समेट्ने गरी परिवार दल अगाडी बढेको बताए । सबै राजनीतिक दलले सबै जनताहरुले अपनत्व महसुस गर्ने खालको विचार बोक्ुनपर्नेमा जोड दिए ।

उनले संविधान निर्माणको कार्यमा पनि आफ्नो दल रातदिन खटेको बताए । उनले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए । उनले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए । उनले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि सुनाए । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति नि हुन सक्छ, प्रधानमन्त्री पनि हुनसक्छ । प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने फैसला गरेका छौ । त्यसलाई महाधिवेशनबाट पारित गर्नेछौ ।’

उनले निर्वाचनमा धेरै खर्च गर्न परिपाटी चलेको भन्दै अहिलेको निर्वाचन प्रणाली मा सुधार गर्नुपर्ने धारणा राखे । उनले भने,‘पुर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णय गरेका छनै । निम्न आय भएका नेपालीले पनि निर्वाचनमा भाग लिन पाउने वातावरण कायम गर्न परिवार दल लागेको छ ।’ उनले जातिय, भाषिय, लैगिक समानताको लागि यी सबैलाई एकरुपता दिन संविधानलाई केही समय फेरी ब्युताएर संविधान सुधार आयोग गठन गरेर संशोधन गर्न पर्ने बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सशक्त्त रुपमा अगाडी बढ्ने स्पष्ट पारे ।

यसपालीको महाधिवेशन पनि नेकपाका अध्यक्षले नै उद्धघाटन गर्न सक्ने सम्भावना रहेको पनि जानकारी दिए । उनले भने, ‘हामीले सबै पार्टीका नेतृत्वलाई बोलाएका छौ ।’ देशमा अर्थ व्यवस्था कमजोर भएको भन्दै राष्ट्रिय अर्थ व्यवस्थालाई बलियो बनाउन राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न समेत अध्यक्ष ढकालले माग गरे ।

नेतृत्व चयन कसरी गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘आगामी महाधिवेसनमा सहमतीको आधारमा नयाँ नेतृत्व चयन गर्ने छौ यदि त्यसो नभएमा लोकतान्त्रिक विधिबाट चुनावमा जानेछौं ।’ पछिल्लो समयमा न्यायालयमा भएको समस्यालाई उनले विकृति, अनियमिता र उच्छंखलाको संज्ञा दिए ।

न्यायालयमा प्रमुख दलका नेताहरुले तत्परता नदेखाउँदा ती दलको पनि संम्लग्नता रहेको होकी भन्ने आशंका लागेको बताए । दलहरु अहिले न्यायालयको विषयमा पानीमाथिको ओभानो बन्न खोजिरहेको समेत उनले आरोप लगाए । कार्यक्रमको संचालन विष्णु निश्चलले गरेका थिए । कार्यक्रममा केन्द्रीय प्रवक्ता सन्तोष कुमार पौडेलले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए ।

 

प्रेस विज्ञीप्त

नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । “सबैखाले विभेदको अन्त्य गरौँ ः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ दलको राष्ट्रिय महाधिवेशन यहि २०७८ साल मङ्सिर ४–५ गते काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले अध्यक्षता गर्नुहुनेछ । कोभिड १९ को संक्रमणलाई ध्यान दिदै पूर्ण स्वास्थ्य मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिबेसन सम्पन गरिने छ । परिवार दलले केन्द्र र प्रदेशको समिति १०१ सदस्यीय हुनेछ, संबिधान बमोजिम समाबेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिच्चित गरिनेछ र युबाहरुलाई पार्टीमा बिशेष स्थान दिइने छ । महाधिवेशनवाट परिवार दलमा एक अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष समेत १०१ कार्यसमिति निर्बाचित गरिनेछ ।
नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनमा देशभरी बाट चुनिएका १५०० प्रतिनिधि मध्य ७०० जनाले भौतिक रुपमा उपस्थित भई सहभागी जनाउने छन् । बाँकीले अनलाइन मार्फत सहभागिता जनाउने छन् । महाधिबेशनमा १०० जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत गरि बंगलादेश, थाईल्याण्ड लगाएतका मित्र राष्ट्रका अतिथि पनि सहभागी हुनेछन । त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपुर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत शुभकामना दिनुहुनेछ । महाधिबेसनमा निर्बाचन आयोगमा दर्ता भएका सम्पूर्ण राजनीतिक दललाई पनि आमन्त्रण गरिएको छ । महाधिबेशन सफलताको लागि विभिन्न १५ समिति हरु गठन गरिएका छन् ।
परिवार दलको भात्रु संगठन पिस फोर्सका २०० युवाहरुले महाधिबेशनमा स्वमसेबकको काम गर्नेछन । विभिन्न ४ राष्ट्रिय टेलिभिजन द्वारा लाइभ गरिनेछ । पत्रकारको लागि प्रवेश पास उपलब्ध गरिने छ । महाधिबेसनको उद्धाटन सत्रमा नेपालको बिबिधता झल्कने विभिन्न सास्कृतिक प्रस्तुति पनि हुनेछ । महाधिबेशनमा १५०० जनाको लागि सिटको ब्यबस्था गरिएको छ । आमन्त्रित पाहुनाको लागि प्रज्ञा भवनमा हल्का नास्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र र बन्द सत्र प्रज्ञा भबन कमलादीमा र घोषणा सभा क्राउन प्याजा होटल नक्सालमा हुनेछ । अधिकाँस कार्यकर्ता र शुभेच्छुकहरु आ–आफ्नो सास्कृतिक पहिरनमा आउनु हुनेछ । महाधिबेशन प्रतिनिधिको बासको लागि काठमाडौँमा १५ वटा होटेल बुकिङ्ग गरिएको छ । महाधिबेशनको खर्च २५००० क्रियाशील सदस्यको शुल्क, सुभेच्छुकहरुले स्वबिबेकले दिने सहयोग, प्रतिनिधिको दर्ता शुल्कको साथै प्रत्यक केन्द्रिय सदस्यले न्युनतम ५००० का दरले दिने सहयोग र निर्बाचनमा केन्द्रिय समितिका उम्मेदवारले तिर्ने मनोनोयन शुल्क (रु२००० देखि २५,०००सम्म) मार्फत संकलन गरिनेछ । तेश्रो राष्ट्रिय महाधिबेशनको सफलताको लागि अनुमानित पचास लाख रुपैया सहयोग संकलन गर्ने योजना राष्ट्रिय तयारी समितिको छ । महाधिबेशनको सफलताको कामना गदै मङसिर ३ गते माईतघर देखि नयाँ बानेश्वर सम्म शान्ति र्याली निकालिने छ ।
महाधिबेसनबाट प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गर्ने तयारी गरेको छ । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिबेसन बाट पारित गराउने तयारी छ । अन्तमा तेश्रो राष्ट्रिय महाधिबेशन पूर्ण रुपमा सफल बनाउन हामि समस्त पार्टी पत्तिं, सुरक्षा निकाय, संचार क्षेत्र र सम्पूर्ण तह तप्काको आम जनसमुदायलाई अपिल गर्दछौं ।

सन्तोष कुमार पौडेल
प्रबता
नेपाल परिवार दल

 

 

 



प्रतिक्रिया दिनुहोस्